• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआई सी एशिया बैंकको सुनसरीको इटहरीमा नयाँशाखा संचालन

एनआई सी एशिया बैंकको सुनसरीको इटहरीमा नयाँशाखा संचालन

  • सोमवार, पुस ९, २०७५
एनआई सी एशिया बैंकको सुनसरीको इटहरीमा नयाँशाखा संचालन

एनआई सी एशिया बैंकको नयाँशाखाकार्यालयइटहरी उप–महानगरपालिका वडा नं ५,सुनसरी स्थित पचरुखी शाखाको एनआई सी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट एक कार्यक्रमबीच उद्घाटन भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथाकर्जा रू. १४५ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Facebook Comments

सम्बन्धित समाचार