एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सुनसरीको इनरुवा नगरपालिका वडा नं.१ शान्तिचोक स्थित इनरुवा शाखाको इनरुवा नगरपालिकाका मेयर राजन मेहताबाट तथा बराहक्षेत्र १०, सुनसरी स्थित प्रकाशपुर शाखाको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालबाट एक कार्यक्रमबीच उद्घाटन सम्पन्न भएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १५५ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।