• होमपेज
  • समाचार
  • महालक्ष्मी लाईफ इन्स्योरेन्सले पुस २७ गते दोस्रो साधारण सभा गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्सले पुस २७ गते दोस्रो साधारण सभा गर्ने

  • बिहिबार, पुस ५, २०७५
महालक्ष्मी लाईफ इन्स्योरेन्सले पुस २७ गते दोस्रो साधारण सभा गर्ने

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले पुस २७ गते दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले होटल एल्लो पगोडा, कान्तिपथमा सभा आह्वान गरेको हो ।

उक्त सभाले २०७५ असार मसान्तसम्म कबुल शेयर बापत रकम भुक्तानी गरी कल इन एडभान्समा रहेको रकममा ५ दशमलव ५ प्रतिशतको दरले ब्याज रकम वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरि पहिलो साधारण सभाले नियुक्त गरेको सञ्चालकहरुले राजीनामा दिएपछि दोस्रो सभाले नियुक्त भएका सञ्चालकको अनुमोदन गर्ने, वित्तीय विवरण माथि छलफल तथा नगद प्रवाह स्वीकृत गर्ने तथा लेखा परीक्षक नियुक्त र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा माथि छलफल गरि पारित गर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार