प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नयाँ जीवन बीमा योजना “श्रीवृद्घि जीवन बीमा योजना” ल्याएको कम्पनीका संचालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेबाट सो जीवन बीमा योजना सार्वजनिक गरिएको हो । सो कार्यक्रयमा डा. घिमिरेले भनेः– प्रभु लाइफले यसै गरी जनमानस बीच उत्कृष्ट जीवन बीमा योजनाहरु ल्याउ्रँदै जानेछ ।
कार्यक्रममा प्रभु इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत कम्पनीका व्यवस्थापन समूहका सदस्यहरु तथा विभिन्न संघ संस्थाहरुका महानुभावहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सीइओ लामिछानेले यो जीवन बीमा अत्यन्तै प्रभावकारी हुने गा्रहकहरुलाई यस जीवन वीमा बाट धेरै नै लाभ हुने कुरामा दुईमत नरहेको र कम्पनीको उत्कृष्ट जीवन बीमा योजनामा श्री बृद्धि जीवन वीमा योजना रहेको उनीले दाबी गरे ।
बिभिन्न ४० शाखा तथा उपशाखा कार्यालयहरुबाट जीवन बीमा सेवाहरु उपलब्ध रहेको र आगामी दिनहरुमा कम्पनीले देशका सबै जिल्लाहरुमा आफ्नो संजाल क्रमशः बिस्तार गर्दै लैजाने लक्ष्य रहेको सीइओ लामिछानेले बताए ।
श्रीवृद्घि जीवन बीमा योजना अन्तर्गत बीमा रकममा प्रत्येक वर्ष ५% का दरले वृद्घि हुँदै जानेछ तर बीमा शुल्क (प्रिमियम) भने जीवन बीमा अवधि भरि नै एकैनास हुनेछ ।
मानौँ, १० लाख बराबरको २० वर्षे जीवन बीमा गर्दा पहिलो वर्ष नै १० लाखको रु. ५०,००० ले वृद्घि हुन्छ । अनि २० वर्षमा बीमा रकम २० लाखको हुनेछ र बोनस सहित बीमितले बीमाङ्कको करिब ३ गुणा रकम एकमुष्ठ फिर्ता पाउनेछन् । “Time Value of Money” को अवधारणालाई पूरा गर्ने उद्येश्यले यस जीवन बीमा योजना ग्राहकहरु माझ सार्वजनिक गरिएको कम्पनीले दाबी गरेको छ ।
दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड लगानी गरे भने कम्पनीले केही समयभित्रै साठ्ठी करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने देखिन्छ ।