जनता बैंकले अनलाइन कारोबारमा पनि भुक्तानी दिन मिल्ने सेवा सुरु गरेको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ईन्टरनेटमार्फत गरिएको वस्तु तथा सेवाको खरिदमा कार्डमार्फत तुरुन्त भुक्तान गर्न सकिने सेवा सुरु गरेको हो।
बैंकका कार्डहोल्डरहरुले अबदेखि नेपाल र भारतका विभिन्न अनलाइन स्टोरहरुबाट समान खरिद गर्दा बैंकको कार्ड नम्बर उल्लेख गरेर तुरुन्त भुक्तानी गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।
सेवा लिने ग्राहकहरुले प्रत्येक कारोबार गर्दा आफ्नो इमेल तथा मोबाईलमा छुट्टै पिन नम्बर प्राप्त गर्ने छन्। जसले गर्दा कार्ड कारोबारलाई अझै सुरक्षित बनाउने बैंकको दावी छ।
यो सेवा लिनका लागि ग्राहकसँग बैंकको डेविट वा क्रेडिट कार्ड भएको हुनुपर्ने छ। यो सेवाप्रयोग गरे बापत कुनै थप शुल्क तिर्नु नपर्ने बैंकले जनाएको छ।
बैंकले विदेशस्थित विश्वविद्यालय/कलेजसँग सम्बन्धि बिभिन्न शुल्कहरु सम्बन्धित विश्वविद्यालय/कलेजको खातामा सोझै जम्मा गर्न सकिने सेवाको समेत शुरुवात गरेको छ।