• होमपेज
  • अर्थ/वाणिज्य
  • एनएमबि बैंकको साधारण सभा आह्वान

एनएमबि बैंकको साधारण सभा आह्वान

  • सोमवार, पुस २, २०७५
एनएमबि बैंकको साधारण सभा आह्वान

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश पारित गर्न साधारण सभा आह्वान गरेको छ। बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेकाे हाे ।

साधारण सभाका लागि बैंकले पुस १० गते मंगलबार शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ९ गते सोमबारसम्म कायम रहने बैंकका शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

बैंक सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न ३६९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १० प्रतिशत (८७ लाख ४३ हजार ७८४.२३ कित्ता) बोनस शेयर र कर प्रयोजनका सहित २० प्रतिशत (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ सय ४५.८१ रुपैयाँ) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साधारण सभाले यो लाभांश वितरण गर्ने प्रस्तावलार्इ अनुमोदन गर्नेछ ।

हाल एनएमबी बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।

यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान पहसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका एजेण्डा पारित गर्नेछ ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा कायम गरेको छ । बैंकको शेयरमूल्य पुस १ गते आइतबार प्रतिकित्ता ३७४ रुपैयाँमा कारोबार भएको छ।

Facebook Comments

सम्बन्धित समाचार