एनएमबि बैंकले उद्यमशिलता तथा व्यवसाय विस्तार गरि दिगो आर्थिक बृद्धिमा टेवा पु¥याउने उदेश्यले ‘एनएमबि सहुलियतपूर्ण कर्जा’ योजना ल्याएको छ । सोमबार एक कार्याक्रमकाबीच विभिन्न आठ प्रकारका व्यवसायहरुमा लक्षित गरि ‘एनएमबि सहुलियतपूर्ण कर्जा’ लागू गर्ने योजना ल्याएको छ ।
नेपाल सरकारद्धारा जारी गरेको ‘सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धि एकृकृत कार्यविधि २०७५’ अनुसार विपन्न वर्षका जनतालाई लक्षित गरि व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उदेश्यले एनएमबि बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत ‘एनएमबि सहुलियतपूर्ण कर्जा’ सञ्चालनमा ल्याएको हो ।
केहि समय अघि नै राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा योजनामा कार्याविधि अनुशार चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउन बैंकहरुलाई परिपत्र गरिसकेको छ ।
‘एनएमबि सहुलियतपूर्ण कर्जा’ व्याज अनुदान अन्तरर्गत एनएमबि व्यवसायकि कृषि तथा पशुपंछी कर्जा, रू. १० लाखसम्म दिने गरि, एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा रु. ७ लाखसम्म, एनएमबि बैदेशिक रोजगारीबाट पर्केका युवा परियोजना कर्जा रु. १० लाखसम्म एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा रु. १० लासम्म, एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा रु. ५ लाखसम्म, एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा रु. ३ लाखसम्म र एनएमबि महिला उद्यमशीलता कजा रु. १५ लाखसम्म गरि आठ ओटा शिर्षकमा बैंकले सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ ।
साथै महिलाहरुलाई कृषी पेसामा संलग्न महिलाहरुलाई लक्षित गर्दै ‘अग्रण्ी महिला कृषी कर्जा’समेत ल्याएको छ । यस अन्तर्गत उत्पादन लागतमा आधारित रहि रु. १५ लाखसम्मको कर्जा महिला कृषकहरुले प्राप्त गर्न सक्ने जनाएको छ ।
यसैगरि निक्षेपकर्ताहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यले ‘एनएमबि साहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न १८ ओटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अकितम रु १० लाखसम्मको विमा सुविधा उपल्ब्ध गराउने भएको छ । बैंकले यस निक्षे याृेजनामा सर्वाधिक ७ प्रतिशत ब्याज उपलब्ध गराउने जनाएको छ ।