• होमपेज
  • फिचर
  • बैकहरु ऋण पत्रमै फसे !

बैकहरु ऋण पत्रमै फसे !

  • सोमवार, पुस २, २०७५
बैकहरु ऋण पत्रमै फसे !

वाणिज्य बैंकहरु पछिल्लो समय ऋणपत्र जारी गर्न आतुर देखिएका छन् । ग्लोबल आइएमई बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले ऋण पत्र बिक्री गरेका छन् त केही बैंकहरु प्रक्रियामा रहेका छन् ।

यी बैंक बाहेक अरु वाणिज्य बैंकहरुले पनि निकट भविष्यमा ऋणपत्र बिक्री गर्ने तयारीमा रहेको भेटिएको छ । हालै ग्लोलब आइएमई बैंकले पनि एक अर्ब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । १५ लाख कित्ता जारी गर्नका लागि बैंकले धितोपत्र बोर्डको अनुमति मागेको भेटिएको छ । ‘१०.५५ ग्लोबल आइएमई डिबेञ्चर २०८०’ नाम दिइएको पाँच वर्ष अवधिको यस ऋणपत्रमा बार्षिक १०.५० प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ ।

बैकले निष्काशन गर्न लागेको ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ३० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित दरको ३ लाख कित्ता सर्वसाधारणका लागि र ८० प्रतिशत अर्थात एक अर्ब २० करोड रुपैयाँको एक हजार रुपैयाँ अंकित १२ लाख कित्ता व्यक्तिगत तबरबाट निजी संस्थाका लागि बिक्रीमा ल्याउने ग्लोबल आइएमई बैंकले जनाएको छ ।

सानिमा बैंकले पनि दुई अर्ब रूपैयाँको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको छ । सिद्धार्थ बैंकले १०.५ प्रतिशत ब्याजदरमा दुई अर्ब २५ करोड रूपैयाँको २२ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गरिरहेको छ ।

सिटिजन्स बैंकले पनि एक हजार अंकित दरका २५ लाख कित्ता ‘सिटिजन्स बैंक बण्ड २०८५’ निष्काशन गर्ने प्रक्रिया अघि बढाइ सकेको देखिन्छ । यसबाट २ अर्ब ५० करोड रुपैयाँको बण्ड जम्मा हुने देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार