• होमपेज
  • अर्थ/वाणिज्य
  • आइएमई लाइफ र एन.आइ.सि एसियाबीच सम्झौता

आइएमई लाइफ र एन.आइ.सि एसियाबीच सम्झौता

  • बुधबार, मंसिर २६, २०७५
आइएमई लाइफ र एन.आइ.सि एसियाबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन.आइ.सि एसिया बैंक लिमिटेडबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एन.आइ.सि एसिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले एन.आइ.सि एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६५ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार