• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंकले लाभाशं वितरण गर्ने

जनता बैंकले लाभाशं वितरण गर्ने

  • मङ्लबार, मंसिर २५, २०७५
जनता बैंकले लाभाशं वितरण गर्ने

जनता बैंक नेपाल लिमिटेडको २६७ औं सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले प्राप्त गरेको मुनाफा एक अर्ब सत्ताईस लाख उनान्असी हजार पाँच सय एकाउन्नको वितरण योग्य मुनाफा अठसठ्ठी करोड साठी लाख बैसठ्ठी हजार आठ सय तीन मध्येबाट २०७५ असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजी रु. ८,००,०७,८५,९२५ को ८.५० प्रतिशतले हुन आउने रकम अठसठ्ठी करोड छैसठ्ठी हजार आठ सय तीन र पैसा पच्चीस नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्ताव गरेको नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पुर्वमा मेची देखी पश्चिम महाकालीसम्मको शहरी, अर्ध शहरी एवम् ग्रामिण क्षेत्रहरुको १२८ वटा शाखाहरुबाट बैकिंग सेवा पु¥याई रहेको र चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा सहित १५ वटा शाखा थप सञ्चालनमा ल्याईने योजना रहेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिव रु. ३२ करोड (एनएफआरएस लेखामान अनुुसार) मुनाफा गर्न सफल रहेको बैंकको करिव ६ लाख भन्दा बढी ग्राहक र मिती २०७५ मंसिर २३ गते निक्षेप करिब ६७ अर्ब र कर्जा लगानी ६२ अर्ब रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार