• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

  • आइतवार, मंसिर १६, २०७५
ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

ज्योति विकास बैंक लि. ले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोती, नवलपुरमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा ATM  मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाई प्राप्ती गरी एककृत कारोवार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेकोछ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु. ३ अरब १० करोड पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार