• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकको दमक शाखाको उद्घाटन

गरिमा विकास बैंकको दमक शाखाको उद्घाटन

  • मङ्लबार, मंसिर ११, २०७५
गरिमा विकास बैंकको दमक शाखाको उद्घाटन

गरिमा विकास बैंक लिमिटेडले मिति मंसिर ११ गते मंगलबारदेखि झापाको दमकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर रामनाथ ओलीले गरेका हुन् ।

विकास बैंकको दमक शाखा कार्यालयको उद्घाटनसँंगै गरिमा विकास बैंक लिमिटेडको प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा ९ वटा शाखा कार्यालय सञ्चालनमा छन् ।

गरिमा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौंमा ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम संचालनमा छन ।

विकास बैंकले छिट्टैनै पर्साको बीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ ।

२०७५ मंसीर १० गतेसम्म विकास बैंकले २४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार