• होमपेज
  • मनोरञ्जन
  • श्रृंखला मिस वर्ल्ड २०१८ को उपाधि नजिक

श्रृंखला मिस वर्ल्ड २०१८ को उपाधि नजिक

  • मङ्लबार, मंसिर ११, २०७५
श्रृंखला मिस वर्ल्ड २०१८ को उपाधि नजिक

श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गर्न सफल भएकी छन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । यो समाचार तयार पार्दा समेत उनी भोटिङमा पनि अग्र स्थानमा छिन् ।

अहिलेसम्म यो उपाधिका लागि पछिल्लो वर्षहरुमा इभाना मानन्धर अस्मि श्रेष्ठ, निकिता लगायतले नेपालको प्रतिनिधित्व गरेका थिए । पछिल्लो पटक श्रृखलाले नेपालको प्रतिनिधित्व गरेकी छन् । गत कात्तिक २३ गते शुक्रबार मिस वर्ल्ड २०१८ मा सहभागिता जनाउन चीनतर्फ प्रस्थान गरेकी श्रृखलाले मिस वल्र्ड २०१८ मा राम्रो प्रस्तुती दिएको सञ्चारमाध्यामहरुले बताएका छन् ।

विश्वका विभिन्न सञ्चार माध्यामहरुले मिस वर्ल्ड २०१८ को निर्णायक प्रतियोगिताअघि विभिन्न सामाजिक सञ्जालहरुमा सम्भावित विजेताका बारेमा अनुमान गरीरहेका छन् । जसमा श्रृंखलालाई पनि सहभागिता गराईएको छ । यो निकै खुसीको कुरा पनि हो । श्रृखलाले मिस वल्ड २०१८ को उपाधी हासिल गरिन भने विश्वमा उनी मात्र नभई नेपाललको नाम पनि चर्चाको विषय बन्ने थियो कि ?

उनीलाई यसरी भोट गरौं ।
श्रृंखलाले आफ्नो फेसबुक पेजमार्फत आफूलाई अनलाइन भोट मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर श्रृंखला खतिवडाको पेजमा गै उनलाई फलो गर्नुपर्नेछ । त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ ।

उक्त शब्द देखिनु भनेकै श्रृंखलाले एकमत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्नेछ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले मिस वर्ल्डको एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्नेछिन् ।

Facebook Comments

सम्बन्धित समाचार