महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने बारा जिल्ला, प्रसौनी गाउँपालिका वडा नं २, स्थित प्रसौनी शाखा कार्यालयको उद्घाटन गरेको छ ।
प्रसौनी शाखाको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ताले दीप प्रज्वलनका साथ गरेका थिए । शाखा उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।
बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८५ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । चुक्ता पुँजी रु. २ अर्ब ८४ करोड रहको बैंकले हालसम्म करिब रु. २६ अर्ब ९२ करोड निक्षेप संकलन गरी रु. २४ अर्ब ०९ करोड कर्जा प्रवाह गरेको छ ।