• होमपेज
  • देश
  • डोल्पाका विद्यालय छ महीनाका लागि बन्द

डोल्पाका विद्यालय छ महीनाका लागि बन्द

  • आइतवार, मंसिर ९, २०७५
डोल्पाका विद्यालय छ महीनाका लागि बन्द

चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् ।

चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताउनुभयो ।

“चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अतिन्मतिरै त्यहाँका स्थानीय विद्यालय छ महीनाका लागि जाडो छल्न बँेशी झर्छन्” उहाँले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताउनुभयो ।

अत्यधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय छ महीनाका लागि बन्द हुँदै आएका छन् ।” शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका करीब दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् ।

आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।

कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन् । चिसो मौसम सकिएर गर्मी शुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा