• होमपेज
  • अर्थ/वाणिज्य
  • सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

  • आइतवार, मंसिर ९, २०७५
सिद्धार्थ बैंकलाई ऋणपत्र बिक्रीको स्वीकृति

छिल्ला दिनमा ऋणपत्रको बिक्री वितरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएका बैंकहरुको भीडमा सिद्धार्थ बैंक पनि थपिएको छ । नेपाल धितोपत्र बोर्डले उक्त बैंकलाई रु २ अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्न स्वीकृति दिएको छ ।

बैंकले १० दशमलव ५ प्रतिशत व्याजदरमा सात वर्षका लागि ‘एसबिएल डिवेन्चर २०८२’ बिक्री गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र बिक्रीका लागि बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले प्रति ऋणपत्र रु एक हजारको दरमा बिक्री गर्न लागेको हो । बैंकले चार लाख ४ लाख ५० हजार एकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ । यस्तै कूल १८ लाख एकाइ निजी क्षेत्रलाई बिक्री गर्ने तयारी गरिएको छ ।

बैंकले बिक्री गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले वित्तीय अवस्था सकारात्मक रहेको भन्दै ‘इक्रा एनपि ट्रिपल बि प्लस’ दिएको छ । त्यो भनेको बैंकको ऋणपत्रको अवस्था मध्यम खालको हो भन्ने हो । बोर्डले चालु आर्थिक वर्षमा मात्रै एनआइसी एशिया बैंकलाई रु एक अर्ब ८३ करोड र सानिमा बैंकलाई रु दुई अर्बको ऋणपत्र बिक्रीका लागि स्वीकृति दिइसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)