• होमपेज
  • बजार
  • आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

  • शुक्रबार, कार्तिक ३०, २०७५
आइएमई जनरलले हकप्रदका लागि बुक क्लोजको मिति तोकियो

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ८० प्रतिशतको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । जसका लागि कम्पनीले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहने शेयरधनीले मात्र हकप्रद शेयर भर्न पाउने छन् ।

कम्पनीले १० बराबर ८ को अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हाल यसको चुक्ता पुँजी ५४ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार