• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा

  • शुक्रबार, कार्तिक ३०, २०७५
एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा

एनआई सी एशिया बैंक लिमिटेडको ३७७ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷०७५ को लागि प्रति शेयर रु.१० (१०%) शेयर लाभांश तथा उक्त शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रति शेयर रु.०.५२६ (०.५२६%) नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारीत भए पश्चात मात्र शेयरधनीहरुलाई बितरण गरिने बैंकले बताएको छ ।

बैंकले आर्थिक वर्ष २०७४÷०७५ मा वार्षिक विन्दूगत आधारमा कर्जा तथा सापटीतर्फ रु. ४८ अर्ब (६७%) ले वृद्धि गरी रु. १२० अर्ब तथा निक्षेप तर्फ रु. ६४ अर्ब (७३%) ले वृद्धि गरी रु. १५२ अर्ब संकलन गरेको छ ।

त्यसैगरी चालु आर्थिक वर्ष २०७५÷०७६ को पहिलो त्रैमास सम्ममा कर्जा तथा सापटी तर्फ वार्षिक विन्दूगत आधारमा ५१ प्रतिशत (रु.५३ अर्ब) ले वृद्धि गरी रु १६३ अर्ब तथा कूल निक्षेप संकलनमा ५८ प्रतिशत (रु.५३ अर्ब) ले वृद्धि गरी रु. १६३ अर्ब गर्न सफल भएको छ । साथै, खूद मूनाफामा १७० प्रतिशत (रु.४७ करोड) ले वृद्धि गरी रु. ७५ करोड ५३ लाख आर्जन गरेको छ । बैंकको प्रति शेयर आम्दानी (EPS) रु.३६.७८ रहेको ५ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा