मुक्तिनाथविकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गलाई मुक्तिनाथ मन्दिर क्षेत्र भित्र निर्माण भएको नर्सिङ गुम्बा परिसर सुधार गर्नको लागि ५ लाख वित्तीय सहयोग स्वरुप चेक प्रदान गरेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले मुक्ति क्षेत्र बिकास एवं स्थानीय संरक्षण समिति, मुस्ताङ्गका प्रमुख लामा बाङग्याल लामालाई हस्तान्तरण गरेका हुन् ।