• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकको नाफा करिब १० करोड

गरिमा विकास बैंकको नाफा करिब १० करोड

  • मङ्लबार, कार्तिक २०, २०७५
गरिमा विकास बैंकको नाफा करिब १० करोड

गरिमा विकास बैंक लिमिटेड (Garima Bikas Bank Ltd.) ले पहिलो त्रैमासमा खुद मुनाफा ९ करोड १८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको तुलनाभन्दा १६८ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा ३ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

२ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडामा ४६ करोड ४९ लाख रुपैयाँ राखिएको छ । निक्षेपमा २२ अर्ब ८८ करोड ३५ लाख रुपैयाँ संकलन गरी कर्जामा २० अर्ब ८१ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानीमा ६२ दशमलव १६ प्रतिशतले बढेर ३० करोड ३ लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफामा १५२ दशमलव ८३ प्रतिशतले बढेर १३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ८ करोड ८८ लाख रुपैयाँ राखिएको छ । भने खराब कर्जा ९९ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निस्कृय कर्जा शुन्य दशमलव ८४ प्रतिशत, जोखिम युक्त सम्पत्ति १७ दशमलव १८ प्रतिशत, प्रतिशेयर आम्दानी १३ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १३ दशमलव ६६ गुणा, प्रतिशेयर नेटवर्थ ११६ दशमलव ६७ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ३० प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा