• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसियाको अर्को चमत्कार बचत गर्दा सुन र चाँदी उपहार

एनआईसी एसियाको अर्को चमत्कार बचत गर्दा सुन र चाँदी उपहार

  • सोमवार, कार्तिक १९, २०७५
एनआईसी एसियाको अर्को चमत्कार बचत गर्दा सुन र चाँदी उपहार

चमत्कारिक सवारी कर्जा तथा चमत्कारिक घरजग्गा कर्जाको लोकप्रियतासँगै दीपावलीको अवसरमा एनआईसी एसिया बैंकले सुन तथा चाँदीको उपहारसहित चमत्कारिक बिशेषता भएको बचत खाता ‘चमत्कारिक बचत खाता’ संचालनमा ल्याएको छ ।

यस बचत खातामा ७ प्रतिशत वार्षिक ब्याजदर, न्युनतम मौज्दात एक हजार, दैनिक न्यूनतम मौज्दातको आधारमा त्रैमासिक ब्याज भुक्तानी, अनलाइनबाट शुन्य मौज्दातमा खाता खोल्न सकिने, वार्षिक औसत मौज्दातको आधारमा सुन तथा चाँदी उपहार रहेका छन् ।

बैंकका अनुसार १० ग्राम चाँदीको सिक्का : यस बचत खाता खोलेपछि ग्राहककोे खातामा न्युनतम वार्षिक औसत मौज्दात एक लाख भएमा १० ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।

त्यस्तै २५ ग्राम चाँदीको सिक्का: यस बचत खाता खोलेपछि ग्राहकको आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात दुई लाख भएमा २५ ग्राम चाँदीको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।

२.५ ग्राम सुनको सिक्का : यस बचत खाता खोलेपछि खातामा न्युनतम वार्षिक औसत मौज्दात १५ लाख भएमा २.५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वरुप पाउन सक्नुहुनेछ ।

५ ग्राम सुनको सिक्का : यस बचत खाता खोलेपछि आफ्नो खातामा न्युनतम वार्षिक औसत मौज्दात ३० लाख रुपैयाँ भएमा ५ ग्राम सुनको सिक्का बैंकको तर्फबाट उपहार स्वप पाउन सक्नुहुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने