• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एसियाको दीपावली अफर

एनआईसी एसियाको दीपावली अफर

  • आइतवार, कार्तिक १८, २०७५
एनआईसी एसियाको दीपावली अफर

एन आईसी बैंक एसियाले आफ्ना ग्राहकहरूको चाहना अनुरूप सेवाहरूलाई परिस्कृत गर्दै आइरहेकोमा बैंकले शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा QR कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ ।

नछुटोस् छुट पाउने मौका भन्ने योजनामा सहभागी भई सामान खरिद गरीसके पछि भुक्तानी गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा त्तच् कोड भुक्तानी गरी ५% वा रु. ५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार