• होमपेज
  • अर्थ/वाणिज्य
  • हेरौ माछापुच्छ्रे बैंकको प्रगति

हेरौ माछापुच्छ्रे बैंकको प्रगति

  • बिहिबार, कार्तिक १५, २०७५
हेरौ माछापुच्छ्रे बैंकको प्रगति

बाणिज्य बैंकहरुमा कसले पहिले पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गर्ने भन्ने चासो बढिरहेको बेला माछापुच्छ्रे बैंक पहिलो भएको छ ।

उसले सबै किसिमका सूचकहरुमा राम्रो सुधार देखाउँदै पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको हो ।

हेर्नुहोस् माछापुच्छ्रेको पहिलो त्रैमासको तुलनात्मक स्थिति

माछापुच्छ्रेले एनएफआरएस प्रणाली अनुसारको बित्तीय विवरण सार्वजनिक गर्दा कति रकम खराब कर्जा असुलेर आम्दानी गर्यो र कति रकम खराब कर्जा वापत ब्यवस्था गर्यो भन्ने खुलेको छैन । त्यसैगरी बिदेशी मुद्राको कारोबार, शुल्क, कमिशन र अन्य आम्दानीका शीर्षकहरुमा भएको प्रगति पनि स्पष्ट छैन ।

माछापुच्छ्र बैंकले गत बर्ष शेयरधनीलाई केही निराश पार्ने खालको बित्तीय अवस्था प्रदर्शन गरे पनि यस बर्षको पहिलो त्रैमासमा आशा जगाएको छ । निक्षेप संकलन र कर्जा प्रबाहमा राम्रो बढोत्तरी गरेको बैंकले आगामी त्रैमासहरुमा अरु राम्रो गर्नसक्ने संकेत देखाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार