• होमपेज
  • अर्थ/वाणिज्य
  • बिर्तामोडस्थित एनएमबी बैंकबाटै १७ लाख लुटियो

बिर्तामोडस्थित एनएमबी बैंकबाटै १७ लाख लुटियो

  • आइतवार, कार्तिक ११, २०७५
बिर्तामोडस्थित एनएमबी बैंकबाटै १७ लाख लुटियो

झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट आज अपराह्न एक व्यक्तिको रु १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ ।

अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो ।

रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार