• होमपेज
  • विकास
  • काठमाडौंमा ४ ओभरहेड व्रिज बन्दै

काठमाडौंमा ४ ओभरहेड व्रिज बन्दै

  • बिहिबार, कार्तिक ८, २०७५
काठमाडौंमा ४ ओभरहेड व्रिज बन्दै

काठमाडौं उपत्यकाको ट्राफिक जामलाई मध्यनजर गरी उपत्यकाका ४ स्थानमा ओभरहेड व्रिज बनाइने भएको छ ।
मुख्यतः ट्राफिक जाम हुने स्थानहरुको पहिचान गरी उक्त ब्रिज बनाइने भएको हो । सडक विभागल अन्तर्गतको पुल महाशाखाले सर्वोच्च अदालत अगाडि, बबरमहल, बानेश्वर चोक, कोटेश्वर चोकमा ओभरहेड व्रिज निर्माण गर्न लागेको हो।

यसका लागि डिजाइनको काम फाइनल गर्न लागिएको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार केही दिनभित्रै डिजाइन फाइनल गरेर टेण्डर निकाल्ने तयारी भैरहेको छ।

डिजाइन फाइनल हुने अवस्थामा छ। हामीले ड्रइङ डिजाइन दिएर डिभिजन सडक कार्यालयलार्इ टेण्डर निकाल्न पत्र पठाउछौ। त्यहीँबाट बाँकी काम हुन्छ उनले भने। डिभिजन सडक कार्यालय काठमाडौमार्फत यी चारवटा ओभरहेड निर्माण हुनेछन्।

थापाका अनुसार केहीभित्रै डिभिजन सडक कार्यालयलार्इ पत्राचार गरिएपछि तुरुन्तै टेण्डर निकालिनेछ। ६ महिनामा ओभरहेड व्रिज सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ओभरहेड व्रिजको भर्याङ जतिको भाग आरसिसि ढलानको हुनेछ भने क्रसिङ फलामको हुनेछ। व्रिज ३ मिटर चौडार्इको हुने महाशाखाले जनाएको छ। एउटा ओभरहेड व्रिज निर्माण गर्नका लागि ४० देखि ५० लाख रुपैयाँ लाग्ने छ।

महाशाखाका अनुसार उपत्यकाका ३५ भन्दा बढी स्थानमा ओभरहेड व्रिजको माग सहितको निवेदन परेको थियो। ती सबै मध्येबा ६ ठाउँमा सबैभन्दा धेरै पैदल यात्रुको चहलपहल हुने तथा संवेदनशील ठाउहरु हेरेर निर्माण गर्न लागिएको हो।

बबरमहल काठमाडौंको संवेलदनशील क्षेत्र मानिन्छ। यो क्षेत्रमा ६ लेनको अरनिको राजमार्ग भएकाले गाडीहरु तिव्र गतिमा आउने गरेका कारण यात्रुहरुलार्इ बाटो काट्न कठिन हुने गरेको छ। बानेश्वर चोकमा चार तिरको बाटो जोडिने भएकाले पैदल यात्रुको अत्यन्त चाप हुने गरेको छ। पैदल यात्रुकै कारण जाम समेत हुने गरेको छ।

कोटेश्वरचोकमा पूर्व जाने सवारीसाधन तथा चक्रपथ हुँदै आउने सवारीसाधनहरु गुड्ने भएकाले बाटो काट्न कठिन हुने अवस्था छ। यहाँ पनि पैदल यात्रुको चाप अत्यन्त बढी छ।

पैदल यात्रुको सहजताका लागि ओभरहेड व्रिज निर्माण गर्न लागिएको हो। ओभरहेड बनेपछि यी क्षेत्रमा जाम कम हुने तथा दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा पुल महाशाखाको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा