महालक्ष्मी विकास बैंक लिमिटेडले ग्रान्डी इन्टरनेशनल अस्पतालसँग गत बिहिबार सेवाशुल्कमा छुट दिने सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, ग्राहकका परिवार, कर्मचारी लगायत कर्मचारीका परिवारले ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट प्राप्त गर्न सकिने भएको छ ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक वर्ग तथा ग्राहकका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) उपचार खर्चमा ७.५% छुट पाउनेछ ।
यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले (श्रीमान–श्रीमती, छोरा–छोरा, बुबा–आमा) अस्पतालको सेवाशुल्कमा १०% छुट प्राप्त गर्न सक्नेछन् ।
देशका ८३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा ग्रान्डी इन्टरनेशनल अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।