• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

  • शुक्रबार, कार्तिक ९, २०७५
एन आई सी एशियाको नयाँ शाखा भोजपुरको दिङ्गलामा

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट शुक्रबार भव्य समारोहकाबीच समुद्घाटन भएको छ ।

उक्त बैंकको मुलुकभर २६४ शाखा कार्यालयहरु, २६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगिसकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

चर्चामा