• होमपेज
  • मनोरञ्जन
  • गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’

गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’

  • शुक्रबार, कार्तिक ९, २०७५
गायिका राधिका हमालको मारुनी गीत ‘जोरै मुरली ’

नेपाली मौलिक लोकभाकाका सिर्जनाहरु बजारमा कमै मात्रामा आइरहेको अवस्थामा म्युजिक बैँक नेपाल प्रा लीको प्रस्तुतिमा बहु चर्चित गायिका राधिका हमाल र गायक पुर्ण बुढा मगरको आवाजमा रहेको  निकै मौलिक भावनामा सजिएको लोकदोहोरी गीत ‘जोरै मुरली ’ गीतको भिडियो बजारमा आएको छ । गीतमा अधिक मात्रामा मौलिक बाजा तथा मौलिक थेगोबाट सजाइएको छ ।
गीतमा पु्र्ण बुढा मगरको शब्द तथा लय सिर्जना रहेको छ भने गीतलाई कृष्ण पुनले एरेन्ज गरेका छन ।
हरिश महराको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ । मौलिक लोक लयमा आधारित गीतमा एम बि गुरुङ र शशि पुन देसरको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

Facebook Comments

सम्बन्धित समाचार