• होमपेज
  • अर्थ/वाणिज्य
  • नेपाल इन्भेष्टमेण्टले सुरु गर्यो मास्टरकार्ड

नेपाल इन्भेष्टमेण्टले सुरु गर्यो मास्टरकार्ड

  • बुधबार, अशोज २४, २०७५
नेपाल इन्भेष्टमेण्टले सुरु गर्यो मास्टरकार्ड

आफ्ना ग्राहकहरुलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ ।

एनआइबीएल मास्टरकार्डको समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना संजाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्ने दावी गरेकाछन् ।

कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा देखिएको विकासक्रमको प्रसंशा गर्दै नेपाल इन्भेष्टमेण्ट बैंकसँग भएको मास्टरकार्डको सहकार्यले थप भुमिका खेल्नेमा आशावादी रहेको बताए ।

बैंकले आन्तरीक तथा बाह्य बजारलाई लक्षित गरी दुई प्रकारको कार्ड प्रयोगमा ल्याएको छ । स्थानीय कार्ड नेपाल लगायत भारतमा समेत प्रयोग गर्न सकिन्छ भने अन्तर्राष्ट्रिय कार्ड विश्वभर प्रयोग गर्न सकिन्छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मास्टरकार्डको सहकार्यमा एनआइबीएल मास्टरकार्डको समुद्घाटनसंगै तीन महिनासम्म आफ्ना ग्राहक महानुभावलाई बिना कुनै शुल्क कार्ड जारी गर्ने र साथै यस्तो मास्टरकार्डबाट कारोवार गरेवापत नगद फिर्ता भुक्तानी पनि उपलब्ध गराउने योजना बैंकले ल्याएकोछ । यसका लागि भने केहि शर्तहरु लागूहुने जनाएको छ ।

नेपालीहरुको महान चाडपर्व नजिकिदै गर्दा आफ्ना ग्राहकहरुलाई एनआइबीएल मास्टरकार्डले आर्थिक कारोवार गर्न सहयोग पु¥याउनेमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको अपेक्षा रहेको छ ।

७७ वटा शाखा पुगेको बैंकको नौ लाखभन्दा बढी उपभोक्ता रहेका छन् । अहिलेसम्म २६५७ वटा पस मेसिन जडान भइसकेका छन् भने १०५ वटा एटिएम पुगेको जानकारी सोही कार्यक्रममा गराएका थिए । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।

Facebook Comments

सम्बन्धित समाचार