जनताको करबाट राष्ट्र सेवक कर्मचारीहरूलाई दशैंमा मात्रै राज्यले ६ अर्ब रुपैयाँ भत्ता दिँदैछ भन्दा पत्याउन गाह्रो पर्ला तर सत्य हो । दसैंभत्ता र नियमित तलब गरी सरकारले कर्मचारीलाई दसैंमा करिब १३ अर्ब रुपैयाँ खर्च गर्नेछ ।
विभिन्न क्षेत्र, तह र अवकाश प्राप्त गरी करिब पाँच लाख ५६ हजारले दशैँ पेश्की पाउनेछन् । तीमध्ये ८६ हजार निजामती कर्मचारी, करिब ९० हजार सैनिक, ३५ हजार सशस्त्र प्रहरी र करिब ६५ हजार नेपाल प्रहरी रहेका छन् ।
यसबाहेक डेढ लाख शिक्षक र झण्डै एक लाख पेन्सनधारीले पनि दशैँभत्ता पाउनेछन् । त्यस्तै निजामती सेवाको करारमा रहेका करिब २२ हजार कर्मचारी र स्थानीय तहतर्फका झण्डै आठ हजार कर्मचारीका लागि पनि दशैँ भत्ता छुट्याइएको छ ।
यो जनताको करबाट उठेको रकम हो । यति सेवा दिँदा पनि कर्मचारीहरू घुस नलिई काम गर्दैनन् । यस सम्बन्धमा सम्बन्धित निकाय सचेत हुनु जरुरी छ । राजतिलक साप्ताहिक