• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छे्को इलाम र म्याग्दीमा शाखा रहित बैंकिङ्ग सेवा

माछापुच्छे्को इलाम र म्याग्दीमा शाखा रहित बैंकिङ्ग सेवा

  • बिहिबार, अशोज ११, २०७५
माछापुच्छे्को इलाम र म्याग्दीमा शाखा रहित बैंकिङ्ग सेवा

माछापुच्छे् बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छे् बैंक लिमिटेडको हालसम्म २९ शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार