• होमपेज
  • फिचर
  • सेञ्चुरी बैंक र मेडिसिटी हस्पिटलबीच सम्झौता

सेञ्चुरी बैंक र मेडिसिटी हस्पिटलबीच सम्झौता

  • बिहिबार, अशोज ४, २०७५
सेञ्चुरी बैंक र मेडिसिटी हस्पिटलबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा सेञ्चुरी बैंककातर्फबाट प्रमुख बजार अधिकृत रन्जन खड्का र हस्पिटलकातर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात बैंकको क्रेडिट र डेबिट कार्डबाहक सेयरधनी तथा ग्राहकहरुले अस्पतालका विभिन्न सेवासुविधामा विशेष छुटसहितको सहुलियत पाउने भएका छन् ।

सेञ्चुरी कमर्सियल बैंकले हाल काठमाडौं उपत्यकामा १२ वटा शाखाकार्यालयहरु र छ वटा एक्स्टेन्सन काउन्टरहरु तथा उपत्यका बाहिर ९१ वटा शाखा कार्यालयहरु र १० वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार