लूम्विनी विकास बैंक लिमिटेडले आफ्नो १० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७३÷७४ को वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सूशिल राज पराजूली, चिन्तामणी भट्टराई र डा. रुप ज्योति तथा सर्वसाधारणको तर्फवाट प्रविण कृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रताप कूमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियूक्ती गरेको छ ।
लूम्विनी विकास बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट सञ्चालन भई मूलूकका विभिन्न भागमा रहेका ६५ शाखा सञ्जालहरु तथा १२ एटिएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सूविधाका साथै ATM, ABBS, SMS Banking, Mobile Banking, Internet Banking, Locker Service लगायतका सम्पुर्ण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
२०७५ आषाढ मसान्तमा बैंकको चूक्ता पुंजी रु २ अर्व १७ करोड तथा जगेडा कोष रु १ अर्व १४ करोड रहेको छ । सोही अवधिमा बैंकले रु २२ अर्व १८ करोड निक्षेप संकलन तथा रु १८ अर्व ३८ करोड कर्जा लगानी गरी रु ४० करोड १७ लाख खूद मूनाफा आर्जन गर्न सफल भएको छ ।