• होमपेज
  • अर्थ/वाणिज्य
  • एन.बी.आई र एनएमबि बैंक बिच सझौता

एन.बी.आई र एनएमबि बैंक बिच सझौता

  • आइतवार, भदौ ३१, २०७५
एन.बी.आई र एनएमबि बैंक बिच सझौता

नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. र एनएमबि बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौताअनुसार एन.बी.आईले एनएमबि बैंक लि. का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार एनएमबि बैंक लि. ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

उक्त सम्झौतापत्रमा एनएमबि बैंक लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार