• होमपेज
  • पर्यटन
  • शे–फोक्सुन्डोका हिउँचितुवा गणना

शे–फोक्सुन्डोका हिउँचितुवा गणना

  • बुधबार, भदौ २७, २०७५
शे–फोक्सुन्डोका हिउँचितुवा गणना

डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ ।

विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेको हो । निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो ।

क्यामरा ट्र्यापिङ तथा दोहोरो गणना विधिद्वारा हिउँचितुवासँगै आहारा प्रजातिको रूपमा रहेको निल भेडा (नावर)को समेत गणना गरिएको हो ।

शेरेन श्रेष्ठ, समुन्द्र लिम्बू र छिरिङ लामा रहेको प्राविधिक अध्ययन टोलीले हिउँचितुवा र नावर पाइने विभिन्न स्थानमा क्यामेरा राखेर अध्ययन गरेको उप्रेतीले जानकारी दिनुभयो । टोलीले अध्ययन प्रतिवेदन तयार पारी काठमाडौँमा सार्वजनिक गर्ने बताइएको छ ।

निकुञ्जको प्रतिवेदनअनुसार शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रमा हाल १३० को सङ्ख्यामा हिउँचितुवा रहेका छन् । अध्ययन टोलीका सदस्य छिरिङ लामाका अनुसार टोलीले पुस मसान्तभित्रमा काठमाडौँमा प्रतिवेदन सार्वजनिक गर्नेछ ।

शे–फोक्सुण्डोमा हिउँचितुवा, कस्तुरी, मृगलगायत वन्यजन्तु, ३२ प्रजातिका स्तनधारी, २०० भन्दा बढी प्रजातिका चरा, २८ प्रजातिका पुतली, ६ प्रजातिका घस्रने जीव तथा ४१७ प्रजातिका वनस्पति पाइने निकुञ्जले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा