गरिमा विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३.७५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सोमबार बसेको २१८औँ संचालक समितिको बैठकले गत बर्षको कमाईबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो ।
बैंकले चुक्तापुँजीको १० प्रतिशत बोनस र कर सहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकवाट स्वीकृत भई बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।
बैंकको चुक्ता पूँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको छ ।