• होमपेज
  • प्रविधि
  • फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

  • शुक्रबार, भदौ २२, २०७५
फेसबुकको दुरुपयोग गरेको आरोपमा १२ जना पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा गलत सामग्रीहरु राखेको आरोपमा थाईल्याण्डको प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
बेलायती एक जना पर्यटकलाई बलात्कार गरेको सम्वन्धी गलत सामग्री फेसबुकमा राखेको आरोपमा गत हप्ताभरीमा उनीहरुलाई पक्राउ गरिएको एक वकीलले शुक्रबार जानकारी दिएक छन् ।

बेलायती १९ बर्षीय ती महिला अहिले घर फर्किसकेकी छन् । उनलाई विदा मनाउन आएका बेला बलात्कार भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् ।
थाइल्याण्डको कोह टाओ प्रहरीलाई पनि घटनाका बारेमा उजुरी आएको तर औपचारिक रुपमा दर्ता भने नभएको समाचारमा उल्लेख छ ।

अहिले प्रहरी नियन्त्रणमा रहेका १२ जनालाई राजधानी बैङ्ककसहित देशका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो ।
“उनीहरुले गलत सूचनाहरु आदान प्रदान गरेका थिए, त्यसैले पक्राउ गरिएको हो,” एक प्रहरी अधिकारीले भने ।
उनीहरुलाई थाइल्याण्डको कम्युटर अपराध ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडी बढाइएको ती प्रहरी अधिकारीको भनाई छ ।

उनीहरु सवैलाई बिहीबार राती प्रतिव्यक्ति ६० हजार भाट धरौटीमा छाडिएको समाचारमा जनाइएको छ । प्रहरीले लगाएको आरोप पुष्टि भएमा उनीहरू सवैले पाँच बर्ष जेल सजाय भोग्नु पर्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि