• होमपेज
  • अर्थ/वाणिज्य
  • ज्योति विकास बैंक चितवनको नारायणगढमा

ज्योति विकास बैंक चितवनको नारायणगढमा

  • शुक्रबार, भदौ २२, २०७५
ज्योति विकास बैंक चितवनको नारायणगढमा

ज्योति विकास बैंक लि. ले चितवनको नारायणगढमा नयाँ शाखा संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नं ३, नारायणगढ, चितवनमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष श्री सहन लाल प्रधानज्यु तथा बैंकका अध्यक्ष हरी चद्र खड्काबाट एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन भएको छ ।

उक्त अवसरमा कार्यत्रमका प्रमुख अतिथी श्री सहन लाल प्रधानले ज्योति बिकाश बंैकको लगानी उत्पादन मुलक क्षेत्रमा होस् भन्नु हुदै प्रोजेक्ट सफल हुन बैकको सहयोग आबश्यक हुने बताउनु भयो साथै उहाँले ज्योति बिकाश बंैकको ब्यबसायिक सफलताको कामना गर्नु भयो ।

त्यसैगरी बैंकका अध्यक्ष तथा कार्यक्रमका सभापती हरिचन्द्र खड्काले बैंकले लघु कर्जा देखि हाइड्रो पावर को लागि ठुला कर्जा समेत लगानी गरी रहेको बताउनु हुदै सामाजिक उत्तरदायित्व बहन लाई समेत महत्व दिएको ज्योति बिकाश बैकले ग्रामिण क्षेत्रमा समेत थप शाखा कार्यलय खोल्न गइरहेको बताउनु भयो ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाढि बढाइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)