गत आर्थिक बर्षमा मात्र २२ वटा नयाँ शाखा विस्तार गरेको नविल बैंक लिमिटेडले चालु आर्थिक बर्षमा पाच वटा नयाँ शाखा विस्तार गर्ने भएको छ ।
हाल ७४ वटा शाखाका साथमा ११७ वटा एटिएम, २ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको बैंकले आवश्यकताअ नुसार थप शाखाहरु पनि विस्तार गर्ने योजना बनाएको छ । बैंकले हालसम्म १९५० वटा पस मेसिनहरु विक्री गरिसकेको छ ।
नविल बैंकको कुल ७४ वटा शाखामध्ये काठमाडौं उपत्यकाभित्र २१ वटा शाखा रहेका छन् भने बाँकी ५३ वटा शाखा उपत्यका बाहिरका विभिन्न ठाउँमा रहेका छन् । बैंकको सबै भन्दा बढि शाखा प्रदेश नं ३ मा रहेका छन् । यहाँ नविल बैंकका कुल २६ वटा शाखा संचालनमा रहेका छन् ।
त्यस्तै प्रदेश नं ३ मा सबै भन्दा थोरै ६ वटा शाखा संचालनमा रहेका छन् । यसबाहेक, प्रदेश नं १ मा ७ वटा, प्रदेश नं २ मा ७ वटा शाखा, प्रदेश नं ४ मा ९ वटा, प्रदेश नं ५ मा १० वटा, र प्रदेश नं ७ मा ९ वटा शाखा संचालनमा रहेका छन् । ७ वटा प्रदेशमध्ये नविल बैंकको सबैभन्दा बढि कारोबार प्रदेश नं ३ बाट हुने गर्दछ ।
नविल बैंकका हालसम्म विस्तार भएका शाखाहरुले ३७ जिल्लालाई कभर गरेको छ । नविल बैंकका शाखा ४० जिल्लामा पुग्न बाँकी रहेका छन् । यी जिल्लाहरुमा पनि छिटै शाखा विस्तारका लागि काम अगाडी बढिसकेको बैंकले जनाएको छ ।
नविल बैंकको क्षेत्रीय कार्यलय ४ वटा रहेका छन् । विराटनगर, विरगन्ज, काठमाडौं र पोखरामा नविल बैंकको क्षेत्रीय कार्यलय रहेका छन् ।
प्रदेश नं १, २, ३, र ४ मा मात्र क्षेत्रीय कार्यलय रहेको यस नविल बैंकले निकट भविष्यमा नै सबै प्रदेशमा क्षेत्रीय कार्यहरु पुर्याउने योजना राखेको छ । क्षेत्रीय कार्यलयहरु पुर्याउन बाँकी प्रदेशहरुमा पनि केही कदम अगाडी बढाइसकेको बैक सम्बद्ध स्रोतले जनाएको छ ।