• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्झौता

माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्झौता

  • बुधबार, भदौ ६, २०७५
माछापुच्छ्रे बैंक र रियान्डा बिजसर्भबीच वित्तीय साक्षरता सम्झौता

माछापुच्छ्रे बैंकले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न रियान्डा बिजसर्भसँग सम्झौता गरेको छ।

बैंकले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कम भएका ११ जिललामा यस सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण लगायतका कार्यहरु गर्नेगरी रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा संचालित)सँग सम्झौता गरेको हो।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र रियान्डा बिजसर्भका प्रवन्ध निर्देशक भरत रिजाल तथा फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे।

बंैकका देशभर ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बंैकिङ्ग सेवा र ९९ एटीएमहरु सञ्चालनमा छन्।

Facebook Comments

सम्बन्धित समाचार