• होमपेज
  • फिचर
  • उजुरीको फछ्र्यौट सन्तोषजनक : अख्तियार

उजुरीको फछ्र्यौट सन्तोषजनक : अख्तियार

  • मङ्लबार, भदौ ५, २०७५
उजुरीको फछ्र्यौट सन्तोषजनक : अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आव २०७४÷७५ को अवधिमा ४७२ उजुरी फछ्र्यौट गरेको छ ।
अख्तियारमा उक्त आवमा कूल ८५७ उजुरी दर्ता भएकामध्ये ३८५ वटा उजुरी भने फछ्र्यौट हुन बाँकी छन् । गत आवको उजुरीको फछ्र्यौटको अवस्था भने सन्तोषजनक नै रहेको आयोगले जनाएको छ ।

आयोगको कार्यालय बुटवलले आज यहाँ गरेको पत्रकार सम्मेलनमा कार्यालयप्रमुख रविलाल पन्थले प्रगति विवरण प्रस्तुत गर्दै पछिल्लो समयमा स्थानीय तहका जनप्रतिनिधिका अनियमितताका विषयमा उजुरी आउन थालेको जानकारी दिनुभयो ।

उहाँले स्थानीय तहका जनप्रतिनिधिहरुले धेरैजसो कर्मचारी नियुक्ति, विकास निर्माणको काममा आफू नजिकका नातेदारलाई ठेक्का दिएका र गुणस्तरहीन काम गरेका, जनताको काम गर्दा कर्मचारीहरुले घुस लिएका जस्ता उजुरी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अख्तियारले स्थानीय तहका जनप्रतिनिधिहरुलाई अनियमितता र भ्रष्ट्राचारका विषयमा अभिमुखीकरण गरिसकेका छ, अब एक्सनमा जान्छौँ ।”

गत आवमा रु ६ लाख घुससहित पाँच जना व्यक्ति रङ्गेहात पक्राउ परेको, पाँच वटा मुद्दाबाट रु ६ लाख बिगो तथा रु चार करोड आठ लाख २९ हजार ५६३ असुलउपर गरिएको पन्तले जानकारी दिनुभयो ।

उहाँले अख्तियारमा वर्षभरिमा आउने उजुरीमध्ये अधिकांश साउनमा आउने गरेको बताउनुभयो । उहाँले गत आवमा परेका ८५७ उजुरीमध्ये साउनमा मात्रै १५१ उजुरी परेको जानकारी दिनुभयो । साउनमा पर्ने उजुरीमध्ये आवको अन्तिम असार मसान्तमा फछ्र्यौट हुने कामका अनियमिततासँग सम्बन्धित रहेको समेत आयोगले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार