• होमपेज
  • बीमा
  • एनएलजी इन्स्योरेन्सको नाफा २६ करोड ४ लाख

एनएलजी इन्स्योरेन्सको नाफा २६ करोड ४ लाख

  • शुक्रबार, भदौ १, २०७५
एनएलजी इन्स्योरेन्सको नाफा २६ करोड ४ लाख

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४/७५ मा २६ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन गरेको थियो ।

१ लाख ६७ हजार ५६१ वटा विमालेख जारी गरेको यो कम्पनीको नवीकरण भएको बिमालेखको संख्या जम्मा ३३ हजार ४४८ वटा छ । गत वर्ष ८२ करोड रुपैयाँ कुल दावि भुक्तानी गरेको यो कम्पनीको भुक्तानी हुन बाँकी रकम अझै ६० करोड रहेको छ ।

यो बिमा कम्पनीको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ । जगेडा कोषमा १४ करोड रुपैयाँ राखेको यो बिमा कम्पनीको बिमा कोषमा भने ७१ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यो बिमा कम्पनीको प्रतिशेयर आम्दानी ४०.६७ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ २३९.६४ रुपैयाँ छ भने प्रतिशेयर कुल सम्पतीको मूल्य ४५३.८२ रुपैयाँ रहेको पनि उल्लखे छ ।

Facebook Comments

सम्बन्धित समाचार