प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैयमाससम्म खुद मुनाफामा २२ करोड १५ लाख रुपैयाँ गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनाभन्दा ३४ दशमलव ४८ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले मुनाफा १६ करोड ४७ लाख रुपैयाँ कमाएको थियो ।
६८ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु इन्स्योरेन्सले जगेडा कोषमा २१ करोड ५५ लाख रुपैयाँ र बीमा कोषमा ३४ करोड १४ लाख रुपैयाँ राखेको छ । यस इन्स्योरेन्सको आम्दानी ३६ करोड ४९ लाख रुपैयाँ रहेको छ भने खर्च १४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीले ९० करोड ४ लाख रुपैयाँबराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै २९ करोड ६८ लाख रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै १३ करोड १३ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ३२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १४ रुपैयाँ र तरलता अनुपात २ दशमलव ९३ प्रतिशत रहेको छ ।