• होमपेज
  • देश
  • फोहरबाट लाखौं आम्दानी

फोहरबाट लाखौं आम्दानी

  • सोमवार, साउन २८, २०७५
फोहरबाट लाखौं आम्दानी

बेनी नगरपालिकाले फोहर शुल्कबाट गत आवमा रु १७ लाख आम्दानी गरेको छ ।

जिल्ला सदरमुकाम बेनी र गलेश्वर बजारको फोहर व्यवस्थापन शुल्कबापत नगरपालिकाले गत आर्थिक वर्ष २०७४÷७५ मा रु १७ लाख ५० हजार ५५५ आम्दानी गरेको हो । बेनीबजारमा एक कम्प्याक्टर (फोहोर सङ्कलन गर्ने सवारी साधन) र एक ट्र्याक्टरबाट दैनिक फोहर सङ्कलन गरिन्छ ।

एउटा घरबाट रु ५० देखि ३०० शुल्क लिने गरिएको नगरपालिकाका सूचना अधिकारी बिमल रञ्जन कार्कीले बताउनुभयो । शुल्कबापत सङ्कलन हुने रकम फोहर व्यवस्थापनमा प्रयोग हुने सवारी साधनको इन्धन, मर्मत र कर्मचारीको तलबभत्तामा खर्च हुने गरेको छ । बेनीमा दैनिक तीन ट्र्याक्टरका दरले सङ्कलन हुने फोहर बेनपा–८ र ९ को सिमाना रातो पहिरोमा व्यवस्थापन गरिँदै आएको छ । बेनी र गलेश्वरमा रहेका हजारभन्दा बढी घरबाट सङ्कलन हुने फोहर नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ ।

वातावरण प्रदूषण न्यूनीकरणसँगै आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले बेनी नगरपालिकाको रातो पहिरोमा फोहर व्यवस्थापन केन्द्र निर्माण शुरु गरिएको छ । त्यसको लागि रु ६७ लाख लागत अनुमान गरिएको छ । फोहर व्यवस्थापन केन्द्रका लागि जग्गा सम्याउने, कालीगण्डकी किनारमा ग्याबियन पर्खाल लगाउने र भवन बनाउने कामका लागि सोमरस निर्माण सेवाले रु ४७ लाखमा ठेक्का सम्झौता गरेको छ । आगामी असोज महिनासम्म फोहर व्यवस्थापन केन्द्रको संरचना तयार पार्ने लक्ष्यसहित निर्माण कार्य तीव्र्र बनाइएको निर्माण व्यवसायी प्रवीन सापकोटाले बताउनुभयो । रातोपहिरोस्थित कालीगण्डकी नदीको किनारभन्दा माथि र बेनी–गलेश्वर सडकभन्दा तल पर्ने सार्वजनिक जग्गा सम्याएर भवन बनाई व्यवस्थापन केन्द्र बनाउन लागिएको नगरपालिकाले जनाएको छ ।

कालीगण्डकी र सडकमा आवतजावत गर्नेलाई असर नपर्ने तथा दुर्गन्ध नआउने गरी फोहर व्यवस्थापन गर्न लागिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्टै स्थानमा भण्डारण गर्ने नगरपालिकाको योजना छ । कुहिने फोहोरलाई दुर्गन्ध आउन नदिने प्रविधिको प्रयोग गरी मल बनाएर बिक्री गरी आम्दानी गर्ने योजना छ ।

हाल सोही स्थानमा खुल्ला रुपमा फोहर फालिँदै आएको छ । अव्यवस्थित रुपमा फोहर फालिँदा नदी र वरपरका क्षेत्रमा दुर्गन्धले असर गरेको छ । स्थायी फोहर व्यवस्थापन गर्ने ठाउँ पहिचान नहुँदासम्म पुरानै ठाउँलाई व्यवस्थित गर्न लागिएको बेनीनगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा