• होमपेज
  • बीमा
  • लुम्बिनी विकास बैंक र युनियन लाइफबीच संझौता

लुम्बिनी विकास बैंक र युनियन लाइफबीच संझौता

  • सोमवार, साउन २८, २०७५
लुम्बिनी विकास बैंक र युनियन लाइफबीच संझौता

लुम्बिनी बिकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्सबीच आईतबार बैंकासुरेन्स संझौता भएको छ । सो संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गरेका थिए ।

संझौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको छ । जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको छ । कम्पनीले गत आ.व.मा साढे ८६ करोड बीमाशुल्क संकलन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार