• होमपेज
  • बैंकिङ्ग
  • देवः विकास बैंकको अध्यक्ष गुरुङ्ग नियुक्त

देवः विकास बैंकको अध्यक्ष गुरुङ्ग नियुक्त

  • शनिबार, साउन २६, २०७५
देवः विकास बैंकको अध्यक्ष गुरुङ्ग नियुक्त

देवः विकास बैंक लि.को सञ्चालक समितिको बैठकबाट समितिका सदस्य बज्र गुरुङ्गलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरिएको छ ।

नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गले भाटभटेनी सुपर मार्केटस् एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गर्दछन् । गुरुङ्ग २०६५ चैत्र २७ गतेदेखि यस बैंकको सञ्चालक समितिका सदस्यमा पद रहेका थिए ।

नवनियुक्त अध्यक्षज्यूलाई नेपाल राष्ट्र बैंकमा शुक्रबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल, बैंक तथा वित्तीय संस्था नियमन विभागका उप निर्देशक निर्मल कुमार कार्की तथा बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठको उपस्थित रहेको थियो ।

यस अधि सोही बैठकबाट प्रा.डा सुवर्ण लाल बज्राचार्याले सञ्चालक समितिको अध्यक्ष पदबाट दिएकोे राजीनामा स्वीकृत गरिएको थियो भने महेश प्रधानले सञ्चालक समितिको सदस्य पदबाट दिएको राजीनामा स्वीकृत गरिएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा १ मा भएको सञ्चालक समितिका सदस्यहरु सम्बन्धी नयाँ व्यवस्था बमोजिम सदस्य कायम गर्न उनीहरुले आ आप्mनो पदबाट स्वःईच्छा राजीनामा दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार