• होमपेज
  • देश
  • प्रदेश नं १ मा आज सार्वजनिक बिदा

प्रदेश नं १ मा आज सार्वजनिक बिदा

  • बिहिबार, साउन २४, २०७५
प्रदेश नं १ मा आज सार्वजनिक बिदा

प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज अर्थात साउन २४ गते सार्वजनिक बिदा दिने सार्वजनिक सूचना जारी गरेको छ ।

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१० विराटनगर, नेपाल, चैत २९ गते २०७४ ) पूर्व अतिरिक्ताङ्क १ (अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा