• होमपेज
  • अर्थ/वाणिज्य
  • बर्दघाटमा कैलाश विकासको ६०औं शाखा

बर्दघाटमा कैलाश विकासको ६०औं शाखा

  • शुक्रबार, साउन १८, २०७५
बर्दघाटमा कैलाश विकासको ६०औं शाखा

कैलाश विकास बंैक लिमिटेडले शुक्रबार आफ्नो ६० औँ शाखा नवलपरासी जिल्लाको बर्दघाटमास्थापना गरेको छ ।

उक्त शाखाको समुद्घाटन बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याले गरेका थिए । उक्त समारोह संस्थाका संचालक चिन्तामणी पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।

कैलाश विकास बैंकको यस शाखाबाट रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने छन् ।

यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६० पुगेका छन् भने एटिएम संख्या २५ पुगेका छन् । बैंकले निकट भविष्यमा तनहूं जिल्लाको डुम्रे तथा दुलेगौंडा बांके जिल्लाको नेपालगंज सुर्खेतको छिन्चु बजार तथा बिरेन्द्र नगर लगायत अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।

राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ८६ करोड निक्षेप संकलन गरी रु.२० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार