• होमपेज
  • फिचर
  • सिन्डिकेट उल्टाउने तयारी

सिन्डिकेट उल्टाउने तयारी

  • आइतवार, साउन १३, २०७५
सिन्डिकेट उल्टाउने तयारी

केपी ओलीको सरकार बोल्ने एउटा, काम भने अर्को गर्दै एकपछि अर्को निर्णय उल्टाउने संकेट देखिएको छ । सरकारले यातायात व्यवसायीको चर्को सिन्डिकेट टोड्ने निर्णय गरेको थियो, तर फेरि उल्टाउने संकेत देखिएको छ ।

ओली सरकारको यो निर्णयको सर्वत्र चर्चा भए पनि पछिल्लो पटक यातायात समितिहरूको रोक्का भएको बैंक खाताको पैसा खुल्ला गर्ने संकेत दिएको छ । एकपछि अर्को महत्वपूर्ण निर्णय गर्दै आएको केपी ओलीको सरकारले समय सार्दै निर्णहरू उल्टाउने संकेत दिएपछि सर्वत्र आलोचना सुरु भएको हो ।

हालै सरकारले रोक्का गरेको यातायात समितिको खाताबाट पैसा निकाल्नका लागि प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना प्रकाशित गर्दै ३५ दिनभित्र खर्चको विवरण बुझाउन समितिलाई आग्रह गरेको छ । यसले प्रष्ट पारेको छ कि सरकार आफ्नो निर्णयबाट पछि हट्दै छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार