• होमपेज
  • समाचार
  • सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै

सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै

  • सोमवार, साउन ७, २०७५
सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट हुँदै

साइबर सुरक्षाबारे अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले यही साउन ११ र १२ गते राजधानीमा ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ हुने भएको छ ।

‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स’ भन्ने नारासहित नेपलामा पहिलोपटक हुन लागेकोे उक्त सम्मेलनमा विश्व परिवेशमा साइबर सुरक्षाका विभिन्न आयमबारे छलफल हुने आज यहाँ पत्रकार सम्मेलन गरेर आयोजकले जनाएका छन् ।

विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा सम्मेलनमा गम्भीररुपमा छलफल हुनेछ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि सम्मेलनमा हुनेछ ।

सम्मेलनमा साइबर सेक्युरिटीसम्बन्धी पूूर्वाधार निर्माण गर्न विश्वव्यापीरुपमा भइरहेका अभ्यासहरुको जानकारीसमेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनीकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टका लागि आधार तयार पार्नेलगायतका विषयमा गम्भीर छलफल हुनेछ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाइटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा सम्मेलनको आयोजना हुने जनाइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि